सामाजिक द्वन्द्वका कारण, त्यसको प्रभाव र द्वन्द्व व्यवस्थापनका
नेपालमा सामाजिक द्वन्द्वका कारण, त्यसको प्रभाव र द्वन्द्व व्यवस्थापनका उपायहरू उल्लेख गर्नुहोस् ।
@ नेपाली समाजमा खासगरी व्यक्ति व्यक्तिबीच द्वन्द्व, परिवारमा द्वन्द्व, समुदाय समुदायमा द्वन्द्व, राजनीतिक पार्टीबीच द्वन्द्व, यातायात बन्द, नेपाल बन्द, छुवाछूत भेदभाव आदि जस्ता द्वन्द्व देखिएको पाइन्छ । नेपालमा देखिने यस्ता सामाजिक द्वन्द्वका कारण विभिन्न छन्, जसलाई निम्नअनुसार उल्लेख गर्न सकिन्छ ः
गरिबी बढ्नु,
आर्थिक असमानता देखिनु,
सामाजिक संस्कारको पालनाको अभाव,
मादक पदार्थको सेवन,
सामाजिक न्यायको अभाव,
शिक्षाको कमी, चेतनाको कमी,
एकले अर्कोलाई विश्वास नगर्नु, सम्मान नगर्नु ।
सामाजिक द्वन्द्वको प्रभाव
सामाजिक द्वन्द्वले समाजमा सकारात्मक र नकारात्मक दुवै प्रभाव पार्दछ । यसको प्रभाव निम्न हुन्छ ः
सकारात्मक प्रभाव
सामाजिक रूपान्तरण गर्न मद्दत पुग्ने,
समाजमा चेतनामा अभिवृद्धि हुने,
सामाजिक न्यायको प्रवद्र्धन हुने,
सामाजिक एकता, सदभाव बढ्ने,
नकारात्मक प्रभाव
समाजमा शान्ति व्यवस्थामा खलल पुग्ने,
चोरी, हत्या, अपहरणका घटना बढ्न जाने,
सामाजिक मूल्य मान्यतामा ह्रास आउने,
समाजमा कुसंस्कारको जन्म हुने ।
द्वन्द्व व्यवस्थापनका उपायहरू
सामाजिक द्वन्द्व समाजको रोग मात्र होइन, यो समाज परिवर्तनको आधार पनि हो । त्यसैले सामाजिक द्वन्द्वलाई विनाशले होइन, सिर्जनाले अन्त्य गरिनु पर्दछ । सामाजिक द्वन्द्व समाधान गर्न सर्वप्रथम द्वन्द्वको पहिचान गरी सोअनरूपका उपाय अवलम्बन गर्नुपर्दछ । समाजमा एकले अर्कोलाई सम्मान गर्नुपर्दछ, एकापसमा विश्वास गर्नुपर्दछ । सञ्चार र समन्वयको कार्यलाई प्रभावकारी बनाउनु पर्दछ । यसबाट द्वन्द्वको केही मात्रामा समाधान हुनसक्छ । अरू उपायहरू निम्न छन् ः
चेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्ने,
सहमति र सहकार्यको बाटो अवलम्बन गर्ने,
नीति, योजना एवं कार्यक्रम तर्जुमा र कार्यान्वयनमा सरोकारवालाको सक्रिय एवं सार्थक सहभागिता गराउने,
उपलब्ध साधन स्रोतको न्यायोचित वितरण गर्ने,
रोजगारीका कार्यक्रम सिर्जना गर्ने,
वर्गीय, जातीय एवं लैङ्गिक शोषणको अन्त्य गर्ने,
सामाजिक विभेद एवं असमानता हटाउने,
लक्षित कार्यक्रम तयार गरी गरिबी निवारण गर्ने,
उत्पादन वृद्धि गर्ने तथा वितरण प्रणालीमा सुधार गरी बेरोजगारीको समस्या समाधान गर्ने ।
No comments
Post a Comment