anishadhikari.info.np

भर्खरै प्रकाशन सूचना

कर्मचारी सञ्चय कोषले गर्ने कार्यहरु

 कर्मचारी सञ्चय कोषले गर्ने कार्य के के हुन् ? उल्लेख गर्नुहोस् ।

 

निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सङ्गठित संस्थाका कर्मचारीहरू र अन्य कर्मचारीको निमित्त सञ्चय कोष व्यवस्थापन गर्न वि.सं. २०१९ भदौ ३१ गते कर्मचारी सञ्चय कोष ऐन, २०१९ जारी गरी एक अविच्छिन्न उत्तराधिकारवाला स्वशासित सङ्गठित सस्थाका रूपमा स्थापित कर्मचारी सञ्चय कोषले गर्ने कार्यहरू निम्नअनुसार छन् ः 

सञ्चयकर्ताको नाममा कट्टी भएको रकमको सङ्कलन गर्ने,

सङ्कलित कोषकट्टी रकमको व्यवस्थापन गर्ने,

उपलब्ध स्रोतलाई सुरक्षित तथा प्रतिफलयुक्त क्षेत्रमा परिचालन गर्ने,

स्रोतको परिचालनबाट प्राप्त प्रतिफलको समानुपातिक वितरण गर्ने,

सामाजिक सुरक्षा सुविधाको सञ्चालन तथा व्यवस्थापन गर्ने,

सेवाकालीन सामाजिक आवश्यकताका लागि विभिन्न प्रकारका सापटी सुविधा सञ्चालन तथा व्यवस्थापन गर्ने,

प्रत्येक आर्थिक वर्षको कारोबारहरूको वार्षिक प्रतिवेदन तयार गरी नेपाल सरकारसमक्ष प्रस्तुत गर्ने ।

No comments