सामाजिक सुरक्षा (Social Security)
" Protected and Respected Life,
Social through Every aspect, is called Social Security"
1. सामाजिक र समृद्धिका निम्तिसमुन्नति राज्यको एक विशेष नीति र कार्यक्रमका रूपमा सामाजिकसुरक्षालाई अर्थ्याउन सकिन्छ।
2. समाजमा मानिसको सर्वाङ्गीण मानवीय सुरक्षाको प्रत्याभूति भएको अवस्था तथा त्यस्तो अवस्थाकानिमित्त राज्यले शिरोपर गरेको नीति समेत् हो, सामाजिक सुरक्षा (Social Security)।
3. आर्थिक तथा सामाजिक दृष्टिकोणले नागरिक जीवन सुरक्षित एवम् मर्यादित भएको अवस्था नै Social Security हो।
4. सार्वभौम नागरिकलाई खाद्यन्न, उचित बसोबास, स्वास्थ्य, शिक्षा, रोजगारी आदिको उचित व्यवस्थापन तथा पहुँचको अवस्था नै सामाजिक सुरक्षा हो।
5. सामाजिक जीवनमा आवश्यक पर्ने आधारभूत, आकस्मिक तथा प्रवर्द्धनात्मक आवश्यकता पूरा गरीसामाजिक जीवनलाई सुरक्षित यापनमा मार्गनिर्देश गर्नु नै सामाजिक सुरक्षाको प्रमुख उद्देश्य हो।
6. Social Security लाई नागरिकका मौलिक अधिकार (Fundamental Rights) का रूपमा स्वीकार गरिएको
7. लोकतान्त्रिक छ। शासन व्यवस्थामा Social Security लाई महत्वका साथ हेर्ने गरिन्छ। यो लोकतान्त्रिकशासनको प्रत्याभूति दिलाउने अस्त्रको रूपमा रहन्छ।
सामाजिक सम्बन्धमा देखिएका समस्याहरु
1. सामाजिक सुरक्षा योजनालाई सर्वव्यापी बनाउन नसकिनु,
2. सामाजिक सुरक्षा योजनाको तर्जुमा, लगानीको आँकलन र स्रोतमाथिको दबाव अनुमान गर्न आवश्यक पर्नेसूचना र तथ्याङ्कको कमी हुनु,
3. सरकारका विभिन्न निकाय र तहबाट प्रदान गरिने सामाजिक सुरक्षा र संरक्षणका कार्यक्रमहरूमा एकीकृतढाँचा नहुँदा खण्डीकृत, दोहोरो र असामञ्जस्य हुनु,
4. सामाजिक सुरक्षा कार्यक्रममा निजी क्षेत्रका रोजगारदाताको न्यून सहभागिता रहनु,
5. अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा आबद्ध गर्न नसकिनु,
6. नागरिकहरूको सामाजिक सुरक्षा कार्यक्रमहरूमा सहज पहुँच स्थापित गर्न नसकिनु र सामाजिक सुरक्षावितरण प्रणाली प्रभावकारी नहुनु,
7. कार्यान्वयनमा सरकारी, सहकारी, निजी तथा सामुदायिक क्षेत्रहरूबीच समन्वय नहुनु,
8. कानूनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन नहुनु,
9. लक्षित वर्गप्रति सकारात्मक धारणाको अभाव
No comments
Post a Comment